काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गर्नुभएको छ । आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गर्नुभएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा रहनुभएका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष हुनुभएको हो । ढकालले गत बिहीबार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।…