हेटौंडा । बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै अनुगमन तथा नियमन गर्ने भएको छ । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि बुधबार राति बसेको पहिलो मन्त्रिपरिषद् निर्णयले खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो ।…