पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्दै छ । विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो । गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको हिजो बसेको बैठकले अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूची तय गरेको हो ।…