पोखरा, भदौ २९ । पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री ओलीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ । प्रतिवेदनमा फेवातालको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमानसम्मको अवस्था समेटिएको छ । त्यस्तै, फेवातालसम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने…