काठमाडौं । काठमाडौं महानगरपालिकाले संसदीय कोषअन्तर्गत छनौट भएका योजना तथा कार्यक्रम पूर्व सहमति बिना कार्यान्वयन नगर्ने जनाएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व सहमति बिना छनौट भएका संसदीय कोषका योजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने उल्लेख गर्नुभएको हो । त्यस्तै, महानगरमा कार्यरत कर्मचारीका लागि सुनौलो अवकास योजना कार्यक्रम सञ्चालन…