काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको व्यवस्थाप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने सरकाको निर्णयविरुद्ध सरोकारवालाहरुले बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराएका छन् । नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान करिब ६ प्रतिशत छ भने दुग्ध क्षेत्रले पशुपालनमा ६६ प्रतिशत योगदान पुर्याएको…