काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक…