पोखरा । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । राजतन्त्रको अन्त्यपछि पृथ्वीजयन्तीलाई पोखरामा अहिलेसम्मकै बढी तामझामका साथ मनाइएको हो । चिप्लेढुंगाबाट सुरु भएको झाँकीसहितको र्यालीले पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा आएर सभामा परिणत भएको थियो । र्यालीका सहभागीहरूले राजा आउ देश बचाऊ, हिन्दू राष्ट्र कायम गर लगायतका…