पर्वत । केही दिनदेखिको वर्षापछि खसेको पहिरोले पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका चार घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् । पहिरोका कारण करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको हाे । पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासीन्दा समेत त्रसित भएका छन् । करिब २ सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार घरपरिवारले…