काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गर्नुभएको छ । महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्री दाहालले बाइडेनसँग भेट गर्नुभएको हो । भेटपछि प्रधानमन्त्री प्रचण्डले न्यानो आतिथ्यताका लागि बाइडेन दम्पतीलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त…