कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ४५ वर्षीय खगिराम राना रहेका छन् । हात्तीले आफु बसेको झुपडी भत्काउन थालेपछि भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा घाईते भएका उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । खगिराम श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै…