काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले गुलाबजंग शाहलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनुभएको छ । शाहको काम-कारबाही सन्तोषजनक नभएको भन्दै उहाँलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । नेपाली यसअघि सचेतक हुनुहुन्थ्यो । शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेशसभा सचिवालयलाईसमेत गराइएको…