काठमाडौं । बागलुङको ढोरपाटनमा हिमपात भएको छ । खडेरीका कारण हिउँदाभर हिमपात हुन नसकेको ढोरपाटन क्षेत्रमा गत शनिबार राति वर्षा भएपछि हिउँ पर्न सुरु गरेको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । हिमपातका कारण मोबाइलको नेटवर्कले समेत काम गर्न मुश्किल भइरहेको स्थानीयहरुले बताएका छन् । हिमपातपछि ढोरपाटनबाट बुर्तिबाङ सडक समेत अवरुद्ध भएको जनाइएको…