काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरुलाई आग्रह गर्नुभएको छ । काठमाडौंको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरुमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहिन भइसकेका भ्याक्सिनहरु बिक्री गर्ने गरेको पाइएको उल्लेख गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उपमेयर डंगोलले सचेत पनि गराउनुभयो । बिक्रेताहरुले आम उपभोक्ताको विश्वास जित्ने गरी…