पोखरा । गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको संसद बैठकबाट बजेट पास भएको हो । अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो । सत्ता गठबन्धनभित्र विवाद भएपछि गण्डकीमा २० दिनसम्म संसद बैठक बस्न सकेको थिएन ।…