काठमाडौं, कात्तिक ११ । आर्थिक उपार्जनका लागि राम्रो ठानिएका जिल्लामा अलगअलग नेताका अभिभावकत्व बोकेका प्रमुख जिल्ला अधिकारीका आकांक्षी बढेपछि गृह मन्त्रालयले एक महिनाअघि सरुवा भएर आएका सहसचिव र उपसचिवको पदस्थापना गर्न सकेको छैन । दैनिक काम कारबाहीका हिसावले महत्वपूर्ण ठानिएका विमानस्थलस्थित अध्यागमन कार्यालय, कारागार व्यवस्थापन विभाग र प्रहरी कितावखाना पनि नेतृत्वविहीन छन् । सचिवहरुको सरुवा…