काठमाडौं, कात्तिक २१ । नेपालका पाँचतारे होटेल परिसरमा खुलेका क्यासिनोमा धमाधम विदेशी लगानी भित्रन थालेको छ । सरकारले २०७० मा ल्याएको क्यासिनो नियमावलीको पालना गर्दैनौं भनेर नेपाली लगानीकर्ता पछाडी हटेका कारण विदेशी लगानीकर्ता आकर्षित हुन थालेका हुन् । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागका प्रबक्ता दुर्गादत्त ढकालले नेपालमा पछिल्लो समय धमाधम विदेशी लगानीकर्ता…