काठमाडौं, मंसिर १२ । संविधान संशोधनका लागि संसदको दुई तिहाइ मत पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि दुई तिहाइ पुर्याउने प्रधानमन्त्रीको प्रयास छ । प्रधानमन्त्रीको आग्रहबारे अध्यक्ष थापाले आधिकारिक…