काठमाडौं, मंसिर २३ । रानीपोखरीका माछा कमलपोखरीमा सारिएको छ । भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण गर्न पोखरी सुकेपछि माछा सार्न थालिएको हो । यसअघि पनि झन्डै सात सय माछा बालाजुको माछापोखरीमा सारिएको थियो । काठमाडौं महानगरपालिका भौतिक निर्माण महाशाखा प्रमुख डा. उत्तरकुमार रेग्मीले रानीपोखरीका माछा टिनको ड्रममा जम्मा गरेर कमलपोखरीमा लगेर छाडन् सुरु गरिएको बताए ।…