नेपाल एयरलाइन्स अन्तर्गत सुनगाभा सप्लायर्सका कर्मचारी विमल केसी, विक्रम लामा र विर्खराज विक पक्राउ परेका हुन् । ओमन एयरमा सामान लोड गर्न गएका बेला उनीहरुले यात्रुको लगेज फोरेको प्रहरीले जनाएको छ । उनीहरुलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट