काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि नै निराशाजनक रहेको वैदेशिक व्यापार नवौं महिना चैतमा पनि सुध्रन सकेन । अर्थतन्त्रका अन्य सुचकहरु सुधारन्मुख देखिए पनि वैदेशिक व्यापारको क्षेत्रमा कुल व्यापारदेखि आयात तथा निर्यात व्यापार र व्यापारघाटा कुनै सूचकांकमा पनि सुधार देखिएको छैन् । भन्सार विभागका अनुसार चैतमा नेपालले १३ अर्ब ४८ करोड ३७ लाख रुपैयाँबराबरको निकासी…