१३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेको मण्डलले बज्रयोगिती चर्या नृत्य प्रस्तुत गरेको थियो । आरती शाक्य, अञ्जु शाक्य, लहना शाक्य, अलस्का शाक्य, निस्ला शाक्यले प्रस्तुत गरेको नृत्यका निर्देशक नानीबाबु बज्राचार्यले नै उत्कृष्ट नृत्य निर्देशकको पुरस्कार पनि प्राप्त गरे । प्रतियोगितामा द्वितीय स्थान सम्यक आजिविका अध्ययन केन्द्रका श्रृजना बज्राचार्य, स्मृति बज्राचार्य, समृद्धि बज्राचार्य,…