दाङ । दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको बुधबार हुने पाचौँ दीक्षान्त कार्यक्रममा तयारी पूरा भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा कार्यक्रम हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले बताउनुभयो । विगत १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह बुधबार हुन लागेको हो । यो कार्यक्रम भएसँगै २०७६ सालसम्मका विद्यार्थीहरूलाई सक्कली प्रमाणपत्र लिन पाउने…