३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बनेपा नगरपालिका क्षेत्र दुर्गन्धित, बसपार्कमा फोहोरको थुप्रो


0
Shares

काभ्रे । काभ्रेको बनेपा नगरपालिका क्षेत्र दुर्गन्धित बन्दै गएको छ । विगत २० दिनदेखि नगरपालिकाले फोहोर नउठाउँदा दुर्गन्धित बनेको हो ।

नगरपालिकाको फोहर अहिले बसपार्क क्षेत्रमा थुपारिएको छ । फोहोरका कारण नगरवासीसहित बसपार्कका व्यवसायी र यात्रु मारमा परेका छन् ।

यसअघि प्रयोग गरिँदै आएको आईटीपार्क अगाडिको डम्पिङ साइटमा आसपासका बासिन्दाले फोहोर फाल्न नदिएपछि अहिले नगरभित्रको फोहोर बसपार्कमा ल्याएर थुपारिने गरेको हो ।

बसपार्कमा मात्र नभई नगरका प्रमुख चोक र विद्यालय अगाडिसमेत फोहोरको थुप्रो लागेको छ ।

नगरप्रमुख लक्ष्मी नरसिंह बाडेले भने फोहोर व्यवस्थापनका लागि दीर्घकालीन डम्पिङ साइटको खोजी भइरहेको बताए ।