
नियमित उपचार गराइरहेका सिकलसेल एनिमिया रोगका कारण तीनजनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।
बिरामी अस्पतालमा आएर मृत्यु नभएपनि उपचार, औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पुर्याएका छन् । नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीनजनाको मृत्यु भएको रक्त सन्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपानेले जानकारी दिए ।
केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिकरुपमा लिइरहेकामध्ये तीनजनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी न्यौपानेले दिए ।
मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको बताए । उनले अस्पतालमै कसैको मृत्यु नभएको भएपनि घरमा मृत्यु भएको खबर आएको बताए ।
सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिस माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिस गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताए । रासस
प्रतिक्रिया दिनुहोस्