१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


‘रोहिंग्या शरणार्थीलाई बंगलादेशमा कैदीको व्यवहार’


0
Shares

बंगलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिंग्या मुसलमान समुदायका शरणार्थीलाई यस्तो अवस्थामा राखेको समाचार यसअघि पनि आएको थियो ।

उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ भने तोकिएको स्थानबाहेक अन्यत्र हिँडडुल गर्न पनि दिइएको छैन । त्यसैगरी, उनीहरुलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसन्चार सेवा प्रदायक कम्पनीलाई भनिएको छ ।

बंगलादेशमा रहेका करिब पाँच लाख रोहिंग्या शरणार्थीलाई मोबाइल सेवा दिएमा दूर सन्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ ।

उनीहरुका लागि आवश्यक खानेपानीका साथै अन्य आधारभूत सेवाको प्रबन्ध पनि गर्न नसकिएको अधिकारीहरुले जनाएका छन् ।

‘रोहिंग्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्’, सन्चारमन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिए ।

बंगलादेशको सरकारले सुरक्षाको कारण देखाउदै मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन दिएको हो ।

शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । (रासस/एएफपी)