Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


अस्ट्रेलियामा ७१ वर्षपछि भारतले टेष्ट शृङ्खला जित्यो


0
Shares

काठमाडौं । अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला भारतले जितेको छ ।

चौथो तथा अन्तिम टेष्ट बर्षाले अवरुद्ध पार्दै बराबरीमा सकिएपछि भारतले २–१ ले शृङ्खला जितेको हो ।

अस्ट्रेलियन भूमीमा भारतले टेष्ट शृङ्खला जितेको यो ७१ बर्षपछि पहिलो पटक हो ।

सन् १९४८ पछि अस्ट्रेलियन भुमीमा पहिलो पटक शृङ्खला जित्न भारतका चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निर्णायक रह्यो ।

शृङ्खलाको पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो ।

तेस्रो टेस्टमा १ सय ३७ रनले विजयी हुँदै भारतले घरेलु टोली अष्ट्रेलियालाई दबाबमा राखेको थियो ।

चौथो टेष्ट बर्षाले बिथोलिएसँगै भारतले शृङ्खला कब्जा गरेको हो ।