१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


आरुषी हत्याकाण्ड: आरुषीका आमाबुवा निर्दोष ठहर


0
Shares

सन् २००८ मा १२ वर्षीया आरुषी तलवार र उनको घरमा काम गर्ने नेपाली कामदार हेमराज बन्जाडेको हत्या भएको थियो । धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा आरुषी आफ्नै कोठामा भेटिएकी थिइन् । त्यसको एक दिनपछि हेमराजको शव आरुषीको छिमेकीको घरको छतमा भेटिएको थियो ।

सन् २०१३ को नोभेम्बर २६ मा सीबीआईको विशेष अदालतले तलवार दम्पतिलाई आफ्नै छोरी आरुषी र कामदार हेमराजको हत्या गरेको कसुरमा जन्म कैदको सजाय सुनाएको थियो ।

त्यस यता तलवार दम्पति गाजियाबादको एउटा जेल सजाय काटिरहेका थिए । हत्याको आरोप अस्वीकार गर्दै आएका उनीहरुले उच्च अदालतमा अपील गरेका थिए । उक्त अपीलमा इलाहवाद उच्च अदालतले बिहीबार तलवार दम्पतिलाई आफ्नै छोरी आरुषी र कामदार हेमराजको हत्यामा निर्दोष ठहर्‍याएको हो ।

अदालतलको निर्णयविरुद्ध सीवीआईले अपील गर्ने नगर्ने भने स्पष्ट नभएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

हेमराज बन्जाडे अर्घाखाँची जिल्लाकोे धारापानीका स्थानीय बासिन्दा थिए । एजेन्सी