
‘कुटुमा कुटु सुपारी दाना…’ भन्दै स्टेजमा उक्लिएकी मेलिना राईले करिब एक घन्टा पानीमा रुझिरहेका दर्शकलाई नचाइन् ।
दीपावलीको छोकोमा दोखु युवा क्लबले शुक्रबार आयोजना गरेको ‘बृहत् सांस्कृतिक तथा सांगीतिक धमाका–२’मा कार्यक्रम सुरु हुनासाथ पानी परेपनि गायिका राई र उपस्थित अरु कलाकारलाई दर्शकले राम्रै साथ दिए ।
एक घन्टाको समयमा गायिका राईले ‘कम्मरमाथि पटुकी’, ‘तिम्ले बाटो फेर्यौ अरे’, ‘सिरैमा सिरबन्दी’, ‘लेक फुल्ने लालीगुराँस’लगायतका गीतहरु गाइसक्दासमेत दर्शकदीर्घाबाट ‘वान्समोर’ गुन्जिरहेको थियो ।
कार्यक्रममा गायिका राईसहित गायक सुगम पोखरेल र ज्योति मगरलेसमेत आफ्ना चर्चित गीतहरु पस्केका थिए ।
यस्तै, हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, सुबोध गौतम र भरतमणि पौडेलले पनि प्रस्तुति दिएको कार्यक्रम संयोजक छितिज सुनुवारले बताए ।
प्रतिक्रिया दिनुहोस्