
काठमाडौं, पुस २३ । नेपाल कमर्सियल आर्टिस्ट संघले कलाकारिताको क्षेत्रमा योगदान पुर्याएका सातजना कलाकारलाई सम्मान गरेको छ ।
संघको २४औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसर पारेर सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हेमगंगा युवा कला प्रतिभा पुरस्काबाट मुकेश श्रेष्ठ र हेमगंगा महिला कला प्रतिभा पुरस्काबाट सरोजा खड्गीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरे ।
कार्यक्रममा क्यान आइडियल पुरस्कारबाट डी. राम पाल्पाली, क्यान कला पुरस्कारबाट टोलराज वाग्ले, शिवाता कला प्रतिभा पुरस्कारबाट नीति श्रेष्ठ र अमात्य कला पुरस्कारबाट जीवन राजोपाध्यायलाई सम्मान गरिएको थियो ।
सो अवसरमा सन्चारमन्त्री बाँस्कोटाले कलाकारिता क्षेत्रको विकासलाई सरकारले जीवन्तता र निरन्तरता दिन नसकेको बताए ।
नेपालको इतिहासलाई चित्रकलामा प्रतिबिम्वित गर्ने कलाकारहरुलाई प्रोत्साहन गर्दै जाने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्