१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चिकित्सा शिक्षा विधेयकमा सहमति जुटेन


0
Shares

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकअघि सभामुख ओनसरी घर्तीले दलबीच सहमतिका लागि प्रयास गरेपनि सहमति नभएपछि सो विधेयक कार्यसूचीमा आउन आउन सकेन ।

संसदको कार्यकाल सकिन दुई दिनमात्र बाँकी भएको र कार्यसूचीसहितको औपचारिक बैठक सम्भवतः शुक्रबारै सकिने भएकाले उक्त विधेयक थन्किने देखिएको छ ।

प्रा. डा. गोविन्द केसी माथेमा आयोगको प्रतिवेदनअनुसार विधेयक पारित हुनुपर्ने माग राखी १३औंपटक अनशनमा रहेका छन् । रासस