३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


‘मंगलबारदेखि मौसममा सुधार’


0
Shares

दीपक श्रेष्ठ र दिलिप पोखरेल (इमेज)

काठमाडौं, पुस २३ । पश्चिमी वायुको प्रभावका कारण सोमबार देशैभर मौसम बदली भइ पानी परेको छ ।

बिहान केहीबेर परेको पानीले उपत्यकालगायतका स्थानमा चिसो बढाएपनि मंगलबारदेखि मौसममा सुधार हुने मौसमविद्हरुले बताएका छन् ।

पश्चिम नेपालबाट प्रवेश गरेको वायुले पानी पारेको र उक्त वायु मध्यभेग हुँदै पूर्वतिर जाने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिमी भागमा धेरै पानी परेको र हिमपात पनि भएको छ ।

पोखरेलकाअनुसार सोमबार राति पूर्वी भेगका केही स्थानमा वर्षा हुने र भोलिबाट सबैतिर मौसम खुल्नेछ ।

सामान्यतया हिउँदका सुरुआती दिनहरुमै वर्षा हुनुपर्ने भएपनि यसपटक यो नै पहिलो हिउँदे वर्षा हो ।

हिउँदमा पाँचपटकसम्म वर्ष हुने भएपनि यस वर्ष बल्ल पहिलो वर्षा भएकाले हिउँदे वर्षा कम हुने सम्भावना बढेको पनि उनले बताइन् ।

उपत्यकामामात्रै हिउँदमा १४ मिलिमिटर वर्षा हुनुपर्दछ ।

भिडियो हेर्नुहोस्