नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने • Image Khabar Image Khabar


नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार २०:२५

नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने

पार्टीको शुक्रबार बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्र साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर सहभागी हुने निर्णय गरेको नयाँ शक्ति केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक दल, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

तालमेल भएको क्षेत्रबाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बैठकले निर्णय गरेको छ ।

यसअघि नै निर्णय भइसकेका गोरखा क्षेत्र नम्बर–२ बाट पार्टी संयोजक डा. बाबुराम भट्टराई, कैलाली–३ बाट कृष्णकुमार चौधरी, कपिलवस्तु–१ बाट दानबहादुर चौधरी, रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने निर्णयलाई यथावत् राखिने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, समानुपातिकतर्फको बन्दसूची तयार पार्ने र विभिन्न पक्षसँग वार्ता–छलफल गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयलाई दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्