
आज(शनिबार) मध्यरातदेखि अवधि समाप्त हुने संसद्को शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिए पनि आजसबै दलका शीर्ष नेताले सम्बोधन गर्ने गरी बैठक बस्न लागेको हो ।
आजको बैठकमा फोटो खिच्ने, चियापान गर्ने र सांसदलाई बाटो खर्च पनि उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ ।
२०७२ असोज ३ गते संविधान जारी भएपछि तत्कालिन संविधानसभालाई नै संसद्मा रूपान्तरण गरिएको थियो ।
प्रतिनिधि सभा चुनावको मनोनयनको अघिल्लो दिन संसद्को अवधि स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को अवधि आज मध्यरातदेखि सकिंदैछ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबारसम्मको समय तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्