२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एनआरएनएको आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु, राष्ट्रपतिबाट उदघाटन


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन् । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला हाम्रा युवा र दोस्रो पुस्ता’ भन्ने नारा तय गरिएको छ ।

सम्मेलनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमितिको अध्यक्षका लागि भवन भट्ट, जमुना घले र टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

चार दिनसम्म चल्ने महाधिवेशनमा संघको भिजन २०२०, भूकम्प पछिको पुनर्निर्माण, गैरआवासीय नेपालीको लगानीलगायत विषयमा छलफल हुनेछ । नयाँ नेतृत्व चयन गर्न सोमबार मतदान गर्ने कार्यक्रम छ ।