निर्वाचन आयोगले भन्यो–‘निर्वाचनको मितिलाई कुनैपनि किसिमबाट प्रभावित नगरियोस्’ • Image Khabar Image Khabar


निर्वाचन आयोगले भन्यो–‘निर्वाचनको मितिलाई कुनैपनि किसिमबाट प्रभावित नगरियोस्’


Imagekhabar
२८ आश्विन २०७४, शनिबार १७:५२

निर्वाचन आयोगले भन्यो–‘निर्वाचनको मितिलाई कुनैपनि किसिमबाट प्रभावित नगरियोस्’

आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न नेपाल सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराउँदै आयोगले तोकिएको मितिमा निर्वाचन गराउन अनुकूल वातावरण सिर्जना गर्नमा सबैको सहयोगको अपेक्षा गरिएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले गरेको निर्णयमा भनिएको छ–‘सरकार हेरफेर वा मन्त्रिमन्डल सदस्यको थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनैपनि तवरबाट प्रभावित नगरी/नगराइ तोकिएकै मितिमा निर्वाचन गर्न/गराउन तथा निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न आयोगले नेपाल सरकार, राजनीतिक दललगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराउँछ ।’

निर्वाचनको समग्र तयारीबारे जानकारी गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्षलगायत शीर्षस्थ नेताहरूले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन गरेको प्रतिबद्धताप्रति आयोगले खुसी प्रकट गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्