३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


४० वर्षदेखि जांघमा ६ ओटा ठूलो ‘पत्थरी ट्युमर’, ‘बच्चाहरु डराउँछन्’


0
Shares

बंगलादेशको चांदपुर जिल्लास्थित नारायणपुर क्षेत्रमा वसोबास गर्ने ५३ वर्षीय हारुन पटवारीको पुरै शरीरमा स–साना ट्युमर छन् । तर, कम्मर मुनिको जांघमा भने ६ ओटा पत्थरी ट्युमर यति ठूलो छ की उनी ४० वर्षदेखि हिंड्न सकिरहेका छैनन् ।

स्थानीय पत्रिकालाई उनले आफ्नो जांघमा देखिएको उक्त रहस्यमयी अवस्थाको ट्युमरका कारण बालबालिकाहरु डराउने र वरीपरी नआउने भएकोले आफ्नो जिवन पुरै निराश भएको बताएका छन् ।

उनले निराश हुँदै आफू सामान्य हिंड्डुल गर्ने सपना छोडीदिएको बताए । यनले भने, ‘म आफ्नो खुट्टामा उभिएर हिंड्ने कोशिस गर्छु तर एकदम भारी हुन्छ । मलाई उठ्न र बस्न अरुको सहयोग चाहिन्छ ।’

कुनैपनि घरायसी काम गर्न असर्मथ हारुनकी ४९ वर्षीया श्रीमती र दुई बच्चाले उनलाई उभिन र सामान्य अवस्थामा हिंड्न सहयोग गर्दै आएका छन् ।

९ वर्ष कै उमेरमा शरिरमा स–साना ट्युमर देखिएको हारुनका आमा बाबुले उपचारको लागि सानैमा अस्पताल लगेपनि डाक्टरले ट्युमरको विकास रोक्न सकेनन् । पछि उनी ३० वर्षको भएपछि घरेलु जडिबुटिको प्रयोग र सेवन गरेका थिए । तर, घरेलु उपचारपछि ट्युमरको आकार र दुखाई झन् बढ्न थालेको उनको अनुभव छ ।

उनकी श्रीमती जयतुनले ३३ वर्षको उमेरदेखि उनलाई समस्या थपिएको बताइन् । उनले भनिन्, ‘त्यसबेलादेखि उनी साह्रै पिडित छन्, यो देखेर मेरो मन रुन्छ ।’

राजधानी ढाकादेखि १४५ किमी टाढा बस्ने हारुन आफ्नै गाउँमा हाँसोको पात्र बनका छन् । उनलाई केहि जागरुक युवाहरुको आर्थिक सहयोगले उनको घरखर्च चल्दै आएको ‘डेलीमेल अनलाइन’ले उल्लेख गरेको छ ।

उनले पत्रकारसँग ट्युमरबाट छुटकारा पाएर परिवारको लागि केहि रकम कमाउन चाहेको बताएका थिए ।

हारुनका छोरा मसूदले स्थानीय पसलमा मजदुरी गरेर केहि रकम कमाउने गरेका छन् । तर, उक्त रकम आफ्ना बाबुको उपचार गर्न पर्याप्त नभएको मसूदले बताए ।

स्थानीय सामाजिक अभियान्ता मामुन विस्वासले सामाजिक सन्जालमा हारुनको उपचारको लागि अभियान चलाएपछि उनको अवस्थावारे मिडियामा चर्चा सुरु भएकोे छ ।

अभियान्ता विस्वासले हारुनको उपचार र पुर्नस्थापनाको लागि स्वास्थ्य विभागसँग सम्पर्क गरिरहेको बताएका छन् । एजेन्सी