डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । बागलुङको पश्चिम ढोरपाटन तथा निसीखोलाको उच्च क्षेत्रमा हिमपात भएको छ ।
आइतबार साँझदेखि पानीसँगै परेको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको निसीखोला गाउँपालिका–५ का स्थानीय तेजेन्द्र पुनले जानकारी दिए ।
चिसोका कारण स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन् । भेडा च्याङ्ग्रा, गाइ भैँसीलाई दाना संकलन गर्न गाह्रो भएको ढोरपाटन नबीका मन बहादुर पुनले जानकारी दिए ।
ढोरपाटन शिकार आरक्ष क्षेत्र लगाएत उच्च पहाडी क्षेत्र हिउँले सेताम्मे भएको स्थानीहरुले बताए ।
ढोरपाटन तथा निसीको उच्च क्षेत्रहरु हिमपातले सेताम्मै बनेका बताईएको छ । समयको खडेरीपछि पानीसँगै हिउँले परेपछि कृषकहरु खुसी भएका छन् ।
माथिल्लो क्षेत्रमा हिमपात भए पनि तल्लो भागमा पानी नपरेको स्थानीहरुको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्