Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


सोमालियाको एक होटलमा ट्रक बम विस्फोट, कम्तीमा २० जनाको मृत्यु


0
Shares

शनिबारको दिन ब्यस्त समयमा ट्रकमा भरिएको विस्फोटक पदार्थ होटलको गेटमा ठोक्याउँदा भएको विस्फोटनमा परी कम्तिमा २० जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएको होटलका सुरक्षा प्रमुख मोहम्मद एडनले बताएका छन् ।

घटनापछि पुगेको प्रहरी तथा प्रत्यक्षदर्शीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । तर, घटना कसले के कारणले गराएको हो भन्नेवारेमा खुल्न नसकेको क्याप्टेन हुसैनले बताएका छन् ।

उनले उक्त विस्फोट ट्रक बम रहेको पुष्टि गरेका छन् ।

घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले भनेका छन्, ‘विस्फोटका कारण होटेलका भौतिक संरचना नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका स्थानीय वासिन्दा मुहदिन अलिले विस्फोटको आवाज निकै ठूलो र टाढासम्म सुनिएको बताए । उनका अनुसार विस्फोटको आवाजले भवनहरूमा भु–कम्पको महशुस गरिएको थियो । एजेन्सी