
एनएचएसले स्वास्थ्यकर्मीहरुका लागि सामाजिक सेवा उपलब्ध गराउने स्थानीय परिषद्ले १६ वर्षभन्दा माथिका बिरामीहरुलाई अनिवार्य रुपमा यौनिकताबारे प्रश्न गर्नुपर्ने निर्देशिका जारी गरेको हो ।
एनएचएसका एकजना प्रवक्ताले भोकी छन्, ‘मानिसहरुले पाउने सेवालाई त्यसले असर पार्नेछैन ।’ उनका अनुसार बराबरीको नियमअन्तर्गत कुनै पनि बिरामीले विभेद भोग्न नपरोस् भनेर नयाँ व्यवस्था गरिएको हो ।
चिकित्सक र नर्सहरुले हरेक साक्षात्करमा आफ्ना बिरामीको यौनिकताबारे प्रश्न सोध्नेछन् ।
यस्तो प्रश्नमा आधारित तथ्यांकहरु केहि क्षेत्रमा पहिले नै संकलन गर्न थालेकोले नयाँ निर्देशिकाले सबै क्षेत्रमा अनिवार्य रुपमा गर्नैपर्ने व्यवस्था गरेको ‘बीबीसी’ले उल्लेख गरेको छ ।
सन् २०१९ को अप्रिल महिनासम्ममा बेलायतभरीको तथ्यांक संकलन हुने आशा गरिएको छ ।
स्वास्थ्यकर्मीहरुले बिरामीहरुलाई ‘तपाईँ कुन समूहमा पर्नुहुन्छ ?’ भनेर सोध्नेछन् । उक्त प्रश्नमा बिरामीले पुरुष, समलिंगी, महिला समलिंगी, अरु कुनै, निश्चित नभएको, थाहा नभएको या नबताइएको भन्ने समुहहरु रोज्न सक्नेछन् ।
निर्देशिकामा भनिएको छ, ‘यौनिकताबारे संकलित तथ्यांक विश्लेषण गरेपछि सार्वजनिक निकायहरुले एलजीबीमा पर्ने समुहलाई बुझ्न र सेवामा उनीहरुको पहुँचलाई सुधार गर्न सहयोग पुग्नेछ ।’ एजेन्सी
प्रतिक्रिया दिनुहोस्