३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


राजधानीमा हल्का वर्षा


0
Shares

काठमाडौं, पुस २३ । काठमाडौं उपत्यकामा सोमबार बिहानैबाट मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा सामान्य वर्षासमेत भएको छ ।

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बिहानैबाट वर्षा हुने र दिनभर नै मौसममा बदली हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

राति देशको पश्चिमी भूभागमा आंशिक बदली तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली रहने जनाइएको छ । मध्य र पुर्वी भुभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।