२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


देउवाले जम्बो मन्त्रिपरिषद गठन गरेर राजनीतिक बेइमानी गरे : उपेन्द्र यादव


0
Shares

सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग अध्यक्ष यादवले मन्त्रिपरिषद विस्तार गरेर प्रधानमन्त्री देउवाले मुलुकलाई खोक्रो बनाउने षड्यन्त्र गरेको आरोप लगाए ।

प्रधानमन्त्रीको निर्णय राजनीतिक अपराध भएको उनको भनाइ थियो ।

अध्यक्ष यादवले नेकपा एमाले र माओवादी केन्द्र पार्टीहरु कम्युनिष्ट नभएर ‘कमाउनिष्ट’ भएकाले उनीहरुसँग आत्तिनुपर्ने कुनै कारण नरहेको आरोप लगाए ।

कमिसनतन्त्र, लूटतन्त्र, भ्रष्टतन्त्र र माफियाहरुले चलाएका दलहरु कसैगरी कम्युनिष्ट हुन नसक्ने आरोप यादवको थियो ।

विराटनगर र काठमाडौंका माफिया जति कम्युनिष्ट पार्टीमा रहेको भन्दै यादवले उनीहरु ‘रुस, चीन, कोरिया, भियतनाम वा क्युबाकाजस्ता कम्युनिष्ट हुनै सक्दैनन्’–भने ।