२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री कांग्रेसमा प्रवेश


0
Shares

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नै निवासमा आयोजित एक कार्यक्रमबीच धाडेवाललाई पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा डा. कोइरालाले एकता र सुमधुर सम्बन्धलेनै राष्ट्रिय लक्ष प्राप्त हुने विश्वास व्यक्त गरे ।

राजपा सहमहामन्त्री धाडेवाललाई पार्टीमा प्रवेश गराउन पाएकोमा हर्षित बनेको भन्दै केही दिनमै धाडेवाललाई पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी दिइने पनि उनले बताए ।

नेता धाडेवालले भने मधेसको भविष्य नेपाली काँग्रेसमा निहित रहेको बताउँदै आउँदा दिनमा आफू इमान्दारीपूर्वक राष्ट्रको हितमा समर्पित रहने उल्लेख गरे ।