२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत


0
Shares

पशुसेवा विभागका अनुसार ५४ प्रतिशत राँगा, २१ प्रतिशत खसी बोका, १७ प्रतिशत कुखुरा, सात प्रतिशत बंगुर, एक प्रतिशत भेडा र शून्य दशमलव सात प्रतिशत हाँसको उपभोग गर्ने गरिएको छ ।

नेपालमा करिब तीन लाख ८५ हजार मेट्रिक टन मासु खपत हुने गर्दछ ।

विशेष गरी काठमाडौं, ललितपुर र भक्तपुरमा दशैं तिहार पर्वलाई मात्र लक्षित गरी रु एक अर्ब ५० करोडको मासुको कारोबार हुने गरेको पशुपक्षी बजार निर्देशनालयका कार्यक्रम निर्देशक बलबहादुर थापाले जानकारी दिए ।

दशैँ र तिहार पर्वलाई लक्षित गरी करिब रु तीन अर्ब बराबरको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ ।

देशभरीको कारोबारमध्ये करिब ६० प्रतिशत कारोबार अन्य बजारमा हुने अनुमान गरिएको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा शंकर साहले जानकारी दिए ।

देशका अन्य शहर बजारमा पनि दशैँ र तिहारमा मात्र करिब रु एक अर्ब ५० करोडभन्दा बढीको मासुजन्य बस्तुको कारोबार हुने गरेको छ ।

देशभर खपत हुने मासुजन्य बस्तुको करिब तीन भागमध्ये एक भाग काठमाडौं उपत्यकामा खपत हुने गर्छ ।

नेपाललाई मासुमा आत्मनिर्भर बनाउन सरकारी पक्षबाट किसानलाई प्रोत्साहन गर्न आवश्यक देखिन्छ । रासस