
राष्ट्रिय सूचना आयोगले सोमबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसले नेपालमा पनि शासन प्रणालीलाई पारदर्शी बनाउने र सुशासन कायम गर्न सघाउने विश्वास व्यक्त गरिन् ।
उनले सरकारका प्रत्येक काम–कारबाहीबारे जानकारी पाउने अधिकार हरेक नागरिकलाई हुने पनि उल्लेख गरिन् ।
आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकसँग बाझिएका कानुनलाई अध्यावधिक गर्नुपर्ने बताए ।
उनले राष्ट्रिय सूचना आयोगलाई संवैधानिक हैसियत दिन पनि माग गरे ।
उनले निर्वाचन आयोगमा दल दर्ता गर्न पेस भएका १० हजार मतदाताको समर्थनयुक्त ‘भेरिफाइड’ विवरणसम्बन्धी सूचना उपलब्ध गराउन आदेश दिइसकेको बताए ।
कार्यक्रममा सूचना अधिकारी, सूचनाको हकका अभियन्ता र सूचना आयोगका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्