२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश


0
Shares

काठमाडौं । प्रिमियर क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा च्याम्पियनशीप क्लब रोदरहम युनाइटेडमाथि ७–० को जित निकाल्दै म्यान्चेस्टर सिटी चौथो चरणमा उक्लिएको हो ।

आफ्ने मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ, फिल फोडेन, ग्याब्रियल जिसस, रियाद माहारेज, निकोलस ओटामेन्डी र लेरोए सानेले एक–एक गोल गरे ।

रोदरहमका सेमी अजयीले एक आत्मघाती गोल गरेका थिए ।

एफ.ए कप फुटबल तेस्रो चरणका अन्य खेलमा वाट्फोर्डले वोकिङलाई २–० ले हराउँदा लेष्टर सिटीलाई न्यूपोर्ट काउण्टीले २–१ ले पराजित गरेको छ ।