
स्तन क्यान्सरबारे जानकारी दिन अक्टोबर महिनाभर विभिन्न कार्यक्रम गरी विश्वभर विश्व स्तन क्यान्सर दिवस मनाइँदैछ ।
महिलामा धेरै हुने क्यान्सरमा स्तन क्यान्सर प्रमुख मानिन्छ । तर, क्यान्सरबाट पूर्णनिको भएका व्यक्तिलाई पनि बिरामीकै नजरले हेर्ने समाजको प्रवृत्ति भने घातक रहेको नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेल बताउँछिन् ।
स्तन क्यान्सरलाई जित्न सफल अध्यक्ष पोखरेल पहिलो चरणमै उपचार पाएकाले पूर्णसन्चो भएको अनुभव सुनाउँछिन् ।
नेपालमा वर्षेनि स्तन क्यान्सरबाट करिब पाँच हजार मानिस प्रभावित हुने गरेको तथ्यांक छ । जसमध्ये ११ प्रतिशत महिलाको मृत्यु हुनेको गरेको छ ।
३० वर्ष उमेर कटेरमात्र बच्चा जन्माउने, स्तनपान नगराउने, ५० वर्ष उमेर कटेर पनि महिनावारी भइरहने महिलामा स्तन क्यान्सर हुने सम्भावना उच्च रहने क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउँछन् ।
क्यान्सर पूर्णरुपमा पराजित गरी निको भएका महिलालाई आवश्यक पर्ने मानसिक, सामाजिक परामर्शका लागि सबै एकसाथ जुट्नुपर्ने उनको भनाइ छ ।
पाँच प्रतिशत स्तन क्यान्सर वंशाणुगत कारणबाट हुने भएपनि अरु कारण अझै पत्ता लागिनसकेको क्यान्सर विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्य बताउँछन् ।
यद्यपि, नेपालमा स्तर क्यान्सरको समस्या ४० वर्ष उमेर समूहकै महिलालाई बढी देखिएको छ ।
समयमै रोग पहिचान हुन नसक्दा नेपालमा ४० देखि ५० प्रतिशत महिलाकोमात्र क्यान्सर पूर्णननिको हुने गरेको डा. सुदीप श्रेष्ठ बताउँछन् ।
सामान्य लक्ष्यण तथा दुखाइ हुँदा अर्थात् क्यान्सरको सुरुआती अवस्थामा हेलचेक्र्याइँ गर्दा स्तन क्यान्सर घातकस्तरमा पुग्ने गर्दछ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्