२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रजातन्त्र जोगाउन लोकतान्त्रिक गठबन्धन : राणा


0
Shares

राप्रपा प्रजातान्त्रिक भक्तपुरले सोमबार भक्तपुरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले वाम एकतासँगै लोकतान्त्रिक गठबन्धनको निर्माण आवश्यक भएको बताए ।

‘मुलुक दुई कित्तामा विभाजित भएको छ, एकातिर प्रजातन्त्रवादी र अर्कोतर्फ साम्यवादी’–अध्यक्ष राणाले भने–‘देशमा प्रजातन्त्र र लोकतन्त्र जोगाइराख्न पनि लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनु आवश्यक छ ।’

उनले यो लडाइँ एउटा पार्टीकोमात्र नभएर सबै प्रजातान्त्रिक पक्षको भएको चर्चा गर्दै प्रजातन्त्र जोगाउन नसके देशले प्राप्त गरेको उपलब्धि जोगाउन पनि नसकिने बताए ।

अध्यक्ष राणाले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपालको भविष्य निर्धारण गर्ने बताउँदै यो चुनाव अत्यन्तै महत्वको चुनाव भएको स्पस्ट पारे ।

प्रजातन्त्र र उदारवाद नभइ मुलुक अगाडि नबढ्ने उल्लेख गर्दै उनले आफ्नो पार्टी लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्ने निर्णयमा पुगेको धारणा व्यक्त गरे ।

उद्योग राज्यमन्त्री रेशमबहादुर लामा र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताउँदै चुनावप्रति आशंका नगर्न आग्रह गरे ।

सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष केशरबहादुर विष्ट, केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, रामहरि थापालगायतले आगामी निर्वाचनलाई लोकतन्त्र बलियो बनाउने अभियानकारुपमा लिएर यसमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । रासस