सोमबार सेयर बजारमा उच्च सुधार • Image Khabar Image Khabar


सोमबार सेयर बजारमा उच्च सुधार


Imagekhabar
३० आश्विन २०७४, सोमबार २०:००

सोमबार सेयर बजारमा उच्च सुधार

चुनावी मनोनयनसँगै राजनीतिक स्थिरताको आशामा लगानीकर्ता उत्साहित बनेको विश्लेषण गरिएको छ ।

कारोबार सुरु भएदेखि उकालो लागेको नेप्से ४६ अंकले बढेर १५ सय ६४ पुग्यो । व्यापारबाहेक कारोबार भएका सबै समूहमा सुधार आयो ।

बिमा समूहमा सबैभन्दा उच्च २ सय ६४ अंकको वृद्धि आयो । होटल समूह ६९ अंकले, विकास बैंक समूह ५७ अंकले अनि जलविद्युत् समूहमा पनि ५२ अंकको वृद्धि आयो ।

वाणिज्य बैंक समूह पनि ४८ अंकले उकालो लाग्यो । अरु समूह सामान्य अंकलेमात्र हरियो रहे ।

यसदिन कारोबारमा पनि सुधार आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १४ लाख ७४ हजार कित्ता सेयर साढे ६१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्