
बजार अनुगमनलाई तीव्रता दिएको दाबी गर्दै विभागले भदौ २७ गतेदेखि हालसम्म कारोबारस्थलमै गरिएको आकस्मिक अनुगमनमा ३९०५ ओटा करदाताको अनुगमन गरी कर कानुन पालना नगर्ने ६१५ करदातालाई प्रचलित कानुनबमोजिम जरिवाना तथा अरु कानुनी कारबाही गरिएको जनाएको हो ।
बजार अनुगमन विभागको नियमितकार्य भएको जनाउँदै दसैं, तिहार, छठजस्ता चाडबाडको समयमा बढी कारोबार हुने र सोक्रममा बिल–विजक जारी नहुने गुनासो धेरैतिरबाट आउने भएकोले बजार अनुगमनलाई तीव्रता दिइएको विभागको भनाइ छ ।
६१५ करदाताबाट ३८ लाख ४८ हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।
२१ ओटा करदाताबाट थप कागजपत्र माग गरी अनुसन्धान भइरहेको पनि विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्